नेप्सेमा कोरोना महामारी प्रभाव : २८ मिनेटमा ५४ अंकको गिरावट

काठमाडौं । नेपालको सेयर बजारमा कारोबार सुरु भएको २८ मिनेटमा अंकले बजार परिसूचक ओरालो लागेको छ ।

पछिल्लो समय बढ्दो कोभिड–१९ महामारी र संक्रमण नियन्त्रणका लागि सरकारले गर्न सक्ने लकडाउनको हल्लाका कारण परिसूचक ओरालो लागेको हो । सरकारले लकडाउन गर्ने हल्ला व्यापक बन्दै गएपछि आइतबार पनि परिसूचक ७५ अंकले घटेर २६ सयको विन्दुबाट आरालो लागेको थियो । परिसूचक घट्ने क्रम सोमबार अझ तीव्र बनेको हो ।

कारोबार सूरु भएको २८ मिनेटमा यो समाचार तयार पार्दापरिसूचक ५४.६३ अंकले घटेर परिसूचक २५१७ अंकमा ओर्लिसकेको छ ।

तीव्र रुपमा घटेको बजारमा पनि विशालबजार कम्पनी र महिला लघुवित्त कम्पनीको सेयर भने ९ प्रतिशतभन्दा बढीले बढीसकेको छ ।

प्रतिक्रिया