पूर्व निर्धारित सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । सरकारले कोभिड-१९ जोखिम बढेपछि भौतिक उपस्थितिमा हुने पूर्व निर्धारिक सबै परीक्षाहरू तत्कालका लागि स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार सिंहदरबारमा बसेको बैठकले भौतिक उपस्थितमा हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालका अनुसार भर्चुअल र वैकल्पिक माध्यमबाट हुने पठनपाठन भने जारी राख्ने निर्णय भएको छ । यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो ।बैठकले स्वास्थ्य मापदण्ड पालना गर्न, भिडभाड नगर्न सबैलाई आग्रह गरेको छ । त्यस्तै गाउँ क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० बढी संक्रमित भेटिए निषेधाज्ञा लगाउन पनि सीसीएमसीले सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया