काठमाडौंसहित यी ९ जिल्लामा हुन सक्छ निषेधाज्ञा !

काठमाडौँ । कोभिड-१९ को संक्रमण नियन्त्रण बाहिर जाने खतरा बढ्दै गएका बेला सक्रिय संक्रमित धेरै भएका जिल्लामा निषेधाज्ञाको तयारी गरिएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्न स्थानीय सरकारलाई अधिकार दिनुपर्ने सिफारिस केन्द्र सरकारलाई गरेको हो ।

सीसीएमसीले पहाडी (गाउँ क्षेत्र)मा २ सय र सहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित भए निषेधाज्ञा गर्न भनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँसहित देशका विभिन्न ९ जिल्लामा (आइतबारसम्म) ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।

                                                                               आइतबारसम्मको तथ्यांक : स्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

बाँकेमा आजदेखि एकसातासम्म निषेधाज्ञाको घोषणा गरिएको छ भने रुपन्देहीमा पनि जोरबिजोर प्रणाली लागस् गरिएको छ । सरकारले भिडभाड नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया