लकडाउनको अधिकार सिडिओलाई दिन सीसीएमसीको सिफारिस

काठमाडौं । कोभिड- १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले प्रमुख शहरहरूमा ५ सय वा सोभन्दा बढी कोरोना संक्रमित देखा परेमा लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिन सरकारलाई सिफारिस गरेको छ ।

आज (आइतबार) बसेको सीसीएमसीको बैठकले देशका प्रमुख शहरमा ५ सयभन्दा बढी संक्रमित फेला परेमा जुनसुकै बेला पनि लकडाउन गर्न सक्ने अधिकार प्रदान गर्न मन्त्रिपरिषद्सँग सिफारिस गरेको हो ।

त्यस्तै बैठकले गाउँमा दुई सयभन्दा बढी कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्नसमेत सरकारलाई सिफारिस गरेको छ ।

 

प्रतिक्रिया