सबै परीक्षा स्थगन गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै तहका सबै किसिमका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी संघीय मामिलामन्त्री गणेश ठगुन्नाले सबै तहका सबै किसिमका परीक्षाहरू सोमबारदेखि नै स्थगित गर्न सिफारिस गरेको जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद् बैठकमा सीसीएमसीका सिफारिसहरू पेस गरिने मन्त्री ठगुन्नाले जानकारी दिए ।

यसअघि नै मन्त्रिपरिषदले स्थान हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई दिइसकेको छ । सो अनुसार बाँकेले वैसाख १३ देखि लागू हुने गरी एक सातासम्म जिल्लामा अत्यावश्यक कामबाहेक हिँडडुल गर्नसमेत निषेध गरिसकेको छ ।

प्रतिक्रिया