नेपालमा कोरोना संक्रमण २४१ प्रतिशतले बढ्यो

काठमाडौं । नेपालमा कोभिड–१९ को जोखिम झन् झन् बढिरहेको छ । गतहप्ताको तुलनामा नेपालमा कोभिडको संक्रमणदर २४१ प्रतिशतले बढेको विज्ञले बताएका छन् ।

धुलिखेल अस्पतालका स्वास्थ्य तथा सामुदायिक विकास कार्यक्रमका निर्देशक डाक्टर विराजमान कर्माचार्यले विश्वको तथ्याङ्कलाई हेर्दा गतहप्ताको तुलनामा नेपालमा कोरोना संक्रमणदर २४१ प्रतिशतले बढेको जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा कर्माचार्यले यो एक हप्ताको संक्रमणको दर हेर्दा नेपालको संक्रमण दर विश्वमै उच्च रहेको समेत जानकारी दिए ।

अहिले विश्वमा औसतमा कोरोना संक्रमण दर १० प्रतिशतमात्रै रहेको उनले बताए । संक्रमण वृद्धिदर भारतमा ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत, माल्दिभ्समा ८० प्रतिशत रहेको उनले बताए । नेपालमा परिक्षण गरिएकोमध्ये ३० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया