उपत्यकाका तीनवटै सिडिओ कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द
२०७८ वैशाख १२ गते

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा सोमबारदेखि एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
कोभिड संक्रमणको दोस्रो लहर भयावह बन्दै गएपछि काठमाडौं‚ भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको बैठकले अत्यावश्यकबाहेक अन्य नियमित काम सोमबारदेखि एक सातासम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले अन्य कार्यालयहरूलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न आग्रह गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकतालगायतका सेवाहरू एक साताका लागि बन्द हुने बताइएको छ ।
२०७८ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित








