सेयर बजारमा ७५ अंकको गिरावट, कारोबार भने ७ अर्बमाथि

काठमाडौं । नेपालको सेयर बजार (नेप्से) परिसूचकमा आइतबार भारी गिरावट आएको छ । यस दिन बजार परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ अंकमा खस्किएको छ ।

सेन्सेटिभ परिसूचक समेत १२ अंकले घटेको छ । कारोबार रकम भने यस दिन तुलनात्मक रुपमा बढी छ । यस दिन ७ अर्ब २८ करोड ४१ लख ९४ हजार ९ सय १ रुपैयाँमा २ सय १५ कम्पनीको १ करोड ४६ लाख ९० हजार ७ सय २० कित्ता कारोबार भएको छ ।

यस दिन धेरै कमाउने कम्पनीहरुमा कुमारी बैंक लिमिटेड प्रवद्र्धक सेयर, महिला लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनी, कालिका पावर लिमिटेड, मिर्मिरे माइक्रो फाइनान्सका लगानीकर्ता रहेका छन् । कुमारी बैंकको प्रवद्र्धक सेयर १४ प्रतिशतभन्दा बढीले बढेको छ ।

यस दिन सबैजसो समुहगत परिसूचकहरु राताम्ये भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ४४० अंकले घटेको छ ।

प्रतिक्रिया