धरहरा चढ्दा इफेल टावरको अनुभूति भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहरा चढ्दा आफूलाई इफेल टावर चढेको अनुभूति भएको बताएका छन् । शनिवार सुन्धारास्थित विशेष समारोहबीच धरहराको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘मलाई धरहरा चढ्दै गर्दा कता-कता इफेल टावरको अनभूति भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘इफेल टावर चढ्दै गर्दा जति माथि गयो, उति हावा चल्छ । यहाँ पनि उसैगरी हावा चल्यो । मलाई इफेल टावर चढेको अनुभूति भयो ।’

यस्तै प्रधानमन्त्री ओलीले अबदेखि कहिल्यै धरहरा नढल्ने बताए । ‘हामीले धरहरा नढल्नेगरी सुनिश्चितता अपनाएका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब कहिल्यै ढल्दैन ।’

प्रतिक्रिया