एमालेमा कार्यविभाजन, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ । शुक्रवार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो ।

बैठकले गरेको निर्णयअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्कूल विभागको जिम्मेवारी दिइएको छ । यस्तै महासचिव ईश्वर पोखरेललाई उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएको छ भने विष्णु पौडेल संगठन विभाग प्रमुख बनेका छन् ।

यसैगरी रामबहादुर थापा बादल बागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभाग प्रमुख बनेका छन् भने स्थायी कमिटीमा समेटिएका वामदेव गौतम जिम्मेवारीविहीन बनेका छन् ।

बैठकले युवा संघको इञ्चार्जको जिम्मेवारी महेश बस्नेतलाई, अनेरास्ववियुको इञ्चार्ज खिमलाल भट्टराईलाई, प्रेस चौतारीको इञ्चार्ज सूर्य थापालाई र मजदुर इञ्चार्जको जिम्मेवारी विनोद श्रेष्ठलाई दिएको छ ।

विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा यी जिम्मेवारीहरु तोकिएका हुन् ।

सूची हेर्नुस्ः–

प्रतिक्रिया