नेपाल बैंकले २२ वैशाखबाट ३ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले वैशाख २२ गतेबाट ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ ।

वार्षिक ८.५ प्रतिशत ब्याजदर दिने गरी उक्त ऋणपत्र बिक्री गर्न लागिएको राष्ट्र बैंकले शुक्रबार सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।

प्रतिकित्ता एक हजार रुपैयाँ दरका ३५ लाख कित्ता मध्ये १४ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्याएको छ । २१ लाख कित्ता सेयर व्यक्तिगत रुपमा बिक्री गरिने भएको छ ।

ऋणपत्र बिक्रीका लागि नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । वैशाख २२ गतेदेखि खुला हुने उक्त ऋण पत्रका लागि छिटाेमा वैशाख २६ र ढिलाेमा ५ जेठसम्म आवेदन दिने म्याद रहेकाे छ । कम्तीमा २५ र बढीमा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।

प्रतिक्रिया