कोभिड खोप व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयद्वारा अर्थसँग ४८ अर्ब माग

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप व्यवस्थाप गर्न स्वास्थ्य मन्त्रालयले अर्थ मनत्रालयसँग ४८ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ । आर्थिक वर्ष २०७८/७९ मार्फत थप बजेट विनियोजन गर्न स्वास्थ्य मन्त्रालयले माग गरेको हो । अर्थ समितिले बिहीबार स्वास्थ्य मन्त्रालयसँग आयोजना गरेको पूर्व बजेट तयारी छलफलमा मन्त्रायले यस्तो माग गरेको हो ।

मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि मात्रै ३३ अर्ब रुपैयाँ खर्च हुने जानकारी गराउँदै महामारी रोकथाम र नियन्त्रणका लागि गरिने समग्र व्यवस्थापनका लागि समेत गरी ४८ अर्ब रुपैयाँ माग गरेको हो ।

समितिको बैठकमा सचिव लक्ष्मण अर्यालले कोरोनाविरुद्धको खोप लगाउन योग्य ७२ प्रतिशत जनसंख्यामा खोप पु¥याउन उक्त रकम आवश्यक भएको बताए ।

उनका अनुसार हाल २ करोड १५ लाख जनसंख्या खोप पाउने योग्य रहेका छन् । योग्य सबैलाई दुई पटक खोप दिन उक्त रकम आवश्यक पर्छ ।

सचिव अर्यालका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म कोभिड–१९ को पहिचान, रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले ५ अर्ब १७ करोड ७२ लाख रुपैयाँ खर्च गरिसकेको छ ।

मन्त्रालयका अनुसार दोस्रो लहरको संक्रमण दर उच्च रहेको भन्दै मन्त्रालयले हाल १ व्यक्तिबाट ४० देखि ७० जनालाई संक्रमण फैलिरहेको देखिएको छ । आगामी असारसम्ममा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्न सक्ने, ६० हजार गम्भीर अवस्थाका विरामी अस्पताल आउने सक्ने भन्दै सचिव अर्यालले पूर्व तयारी व्यापक बनाउनु पर्ने देखिएको बताए ।

प्रतिक्रिया