लुम्बिनी प्रदेश चेम्बर अध्यक्षमा पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा टंकप्रसाद पोखरेल चयन भएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको विधान अनुसार पोखरेललाई तीन वर्षे कार्यकालका लागि प्रदेश अध्यक्षमा मनोनित गरिएको चेम्बरले जनाएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पोखरेललाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको पत्र बिहीबार हस्तान्तरण गरेको बताएको छ ।

रूपन्देहीलाई कर्मथलो बनाई २०५४ सालदेखि चेम्बर अभियानमा सक्रिय पोखरेल २०६४ देखि २०७० सम्म रूपन्देही व्यापार संघको अध्यक्ष थिए ।

प्रतिक्रिया