नविन्द्रराजको कोरोनाविरुद्धको अभियानलाई परिवारद्वारा निरन्तरता

काठमाडौं । नेपाली कांग्रेसका नेता स्वर्गीय नविन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको घरदैलोमा पुगेर कोरोना रोकथाम तथा जनचेतनाका लागि थालेको अभियानलाई परिवारले निरन्तरता दिएको छ ।

बुधबार स्वयम्भुनाथ मन्दिरमा १ सय ८ दिप प्रज्वलन गरी अभियानलाई निरन्तरता दिएको उनको परिवारले जनाएको हो ।

कोरोना महामारी बढ्दै गएका बेला जोशीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकमाझ विभिन्न स्वास्थ्य सामग्रीसहित घरदैलो अभियान चलाएका थिए ।

मस्तिष्कघातका कारण उनको निधन भएको महिना दिनपछि श्रीमति सपना जोशीले आफ्नो श्रीमानको असल कार्यलाई निरन्तरता दिने भन्दै अभियानलाई जारी राखेको बताइन् ।

नविन्द्रको राजनीतिक जीवन सफल बनाउन आफ्नो भूमीका रहेको र बाँकी जीवन उनको सपना पुरा गर्नमा समर्पित हुने सपनाको भनाइ छ । बिहीबार स्वयम्भु मन्दिर आसपासमा १५ सय मास्क तथा केही थान सेनीटाइजर वितरण गरिएको छ ।

प्रतिक्रिया