जाली नोटसहित ३ जना पक्राउ

विराटनगर । जाली नोेटसहित सुनसरीबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ स्टार होटल अगाडिबाट जाली नोटसहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धरान उपमहानगर- १९ का ६६ वर्षीय टेक बहादुर तामाङ, हरिनगर गाउँपालिका- २ का २४ वर्षीय नजीम साफी र धरान उपमहानगर- १७ का महेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जाली नोटको कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीको विशेष अनुसन्धान टोलीले नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गराई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया