प्रभावित जिल्लामा अनलाइन कक्षा सञ्चालन गर्नू : त्रिवि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोभिड-१९ बाट बढी प्रभावित जिल्लाहरुमा अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिविले प्रयोगात्मक कक्षा र परीक्षाबाहेक सबै कक्षाहरु अनलाइनमाध्यमबाट गर्ने भनेको हो ।

मंगलबार एक सूचना जारी गर्दै प्रभावित जिल्लामा अनलाइन कक्षा सञ्चालन गर्न र बाँकी जिल्लामा स्थानीय तहसँगको समन्वयमा पठनपाठन गर्न भनेको छ । साथै २५ जनाभन्दा बढीको उपस्थितिमा सभा, सम्मेलन गोष्ठी नगर्न आग्रह गर्दै ७ जनाभन्दा बढीको प्रत्यक्ष उपस्थितिमा बैठक गर्न पनि निर्देशन दिएको हो ।

हेर्नुहोस् सूचना :-

प्रतिक्रिया