आज रामनवमी, प्रदेश २ मा सार्वजनिक बिदा

जनकपुरधाम । प्रदेश नं २ सरकारले मर्यादा पुरूषोत्तम भगवान् रामको जन्मोत्सवका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेशवासीलाई रामनवमीको शुभकामना साथ आज सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

विज्ञप्तिमा कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्यको मापदण्ड अपनाएर सरकारी निर्देशनको पालनतर्फ ध्यानाकर्षण गराइएको छ ।

 

प्रतिक्रिया