सीईडीबी हाइड्रो पावर कम्पनीको २५ लाख कित्ता आईपीओ आउँदै

काठमाडौं । सीईबीबी होइड्रो पावर कम्पनीले २५ लाख १८ हजार २ सय ३० कित्ता प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले उक्त परिमाणको आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट २ वैशाखमा स्वीकृति पाएको छ ।
उक्त परिमाणको आईपीओ निष्कासन गरी कम्पनीले जलविद्युत् आयोजना निर्माणका लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ पूँजी संकलन गर्ने भएको हो । कम्पनीको पूँजीको ३० प्रतिशत लगानी जुटाउन आइपीओ जारी गर्न लागेको हो ।

आईपीओ निष्कासनका लागि कम्पीले सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आईपीओ निष्कासनको प्रक्रियामा कम्पनी रहेको जनाएको छ । कम्पनीले देशका विभिन्न स्थानमा झण्डै १०० मेगावाट बराबरको जलविद्यत् आयोजना निर्माण अघि बढाएको छ । यी मध्ये केही आयोजना सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया