नेपाल-खनाल पक्षले स्पष्टीकरणको जवाफ दिने

काठमाडौं । नेकपा एमालेको नेपाल खनाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले सोधेको प्रश्नको जवाफ दिने निर्णय गरेको छ ।

अध्यक्ष अ‍ोलीले व्यक्तिगत रुपमा २७ जना सांसदसहित ३२ जना नेतालाई स्पष्टीकरण सोधेपछि आकस्मिक रुपमा बसेको नेपाल खनाल पक्षको बैठकले स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको सांसद भवानी खापुङ्गले मकालु खबरलाई जानकारी दिए ।

बैठकमा सहभागी अर्का नेताका अनुसार स्पष्टीकरणमा उल्लेख गरिएको अर्को दल खोलेको अभिप्रायको व्यहोराबारे बैठकका सहभागीले आपत्ति जनाएका थिए । आफूहरू एमालेमै रहेको अर्को दल नखोलेको र एमालेलाई विधिसम्मत तरिकाले चलाउँ भन्नुलाई अर्को दल खोलेको भन्ने अर्थमा व्याख्या गर्ने ओली पक्षको भनाइ गलत र पूर्वाग्रही भएकोमा नेताहरुले जोड दिएका थिए ।

व्यक्तिगत रुपमा स्पष्टीकरण सोधिएकाले व्यक्तिगत रुपमै स्पष्टीकरण दिने निर्णय गरिएको पनि उनले बताए । अध्यक्ष ओली निरंकुश ढंगले अघि बढिरहेको र पार्टी एकताभन्दा पार्टी फुटाउने बाटोमा अग्रसर भएको बैठकमा सहभागी कतिपय नेताहरुको भनाइ थियो ।

प्रतिक्रिया