मध्य भोटेकोसीको १ करोड ५० लाख कित्ता आईपीओ आउँदै

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको १ करोड ५० लाख कित्ता प्राथमिक सेयर (आईपीओ) आउने भएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई उक्त परिमाणको आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीको आवेदनका आधारमा बोर्डले ५ वैशाखमा कम्पनीलाई आईपीओ निश्कासनका लागि अनुमति दिएको हो । कम्पनीले कुल पूँजीको २५ प्रतिशत पूँजी जुटाउन आईपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको उक्त आइपीओमार्फत कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ पूँजी लगानी जुटाउने छ ।

आईपीओ जारी गगर्न कम्पनीले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले सिन्धुपाल्चोक स्थिति भोटेकोसी नदीमा १ सय २ मेगावाट क्षमतामा मध्य भोटेकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना निर्माणको अन्तिम चरणमा छ । मध्य भोटेकोसी चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी हो ।
धितोपत्र बोर्डले अनुमति दिएकोले कम्पनीले मिति नतोकेको भए पनि चाँडै नै आईपीओ जारी गर्ने जनाएको छ ।

प्रतिक्रिया