तीनजना मृत फेला

काठमाडौं । विभिन्न स्थानमा गरी ३ जना मृत अवस्थामा फेला परेका छन् । लमजुङमा दाङका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

राईनास नगरपालिका-१० लामागाउँस्थित लामागाउँ सामुदायिक जङगलमा दाङ तुल्सीपुर नगरपालिका-२ बस्ने २० वर्षीय सुमन चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, कञ्चनपुरमा एकजनाको शव फेला परेको छ । बेलडाँडी गाउँपालिका-५ झिलमिलास्थित महाकाली सिचाँई शाखा नहरमा सोही ठाउँ बस्ने ५५ वर्षीया घुम्मा राना मृत अवस्थामा फेला परेको पहरीले जनाएको छ ।

धनकुटमा महालक्ष्मी नगरपालिका-३ जिमि गाउँ बस्ने लिला बहादुर मख्राको घरको बरण्डामा रहेको खाटमा सोही ठाउँ बस्ने ४८ वर्षीय भुपाल खाती मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया