असार १७ देखि कतारी रियाल नचल्ने, वैशाख २७ भित्रै साट्न राष्ट्र बैंककाे आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफूसँग भएको कतारी रियाल साट्न आग्रह गरेको छ । चौथो संस्करणका कतारी नोटहरु कतारको केन्द्रीय बैंकले चलनचल्तीबाट हटाउन लागेको भन्दै राष्ट्र बैंकले त्यस्ता नोट आफूसँग भए साट्न आग्रह गरेको हो ।

कतारी केन्द्रीय बैंकले २०२१ को जुलाई १ (असार १७ बाट) चलनचल्तीमा रहेका उक्त नोटहरु हटाउने निर्णय गरेको भन्दै २७ वैशाखसम्मा प्रचलित व्यवस्था अनुसार त्यस्ता नोट साट्न सूचना जारी गरेको हो ।

राष्ट्र बैंकको बैंकिङ विभाग, प्रादेशिक कार्यालयहरु, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था वा परिवत्र्य विदेशी मुद्रोको कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेञ्जरहरुबाट कतारी मुद्रा साट्न बैंकले आग्रह गरेको छ ।

नेपालमा खास गरी कतार भ्रमणमा जाने गरेका व्यक्ति, व्यापारी तथा वैदेशिक राेजगारीका लागि कतार जाने गरेका नेपालीसँग कतारी मुद्रा हुने गरेकाे छ ।

 

 

प्रतिक्रिया