काठमाडौं मेरियट होटल तेस्रो वर्षमा प्रवेश

काठमाडौं । अन्तर्राष्ट्रिय ब्रान्डको चेन होटल काठमाडौँ मेरियट तेस्रो वर्षमा प्रवेश गरेको छ । वैशाख ५ गते आइतबार होटलले आफ्नो दोस्रो वार्षिकउत्सव मनाएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रु तथा पर्यटकलाई होटलले सेवा प्रदान गर्दै आइरहेको छ ।

‘उत्तम सेवा प्रदान गर्ने व्रmममा हामी निरन्तर रुपान्तरण र नवीनता ल्याइरहेका छौँ,’ जेनरल म्यानेजर फाबियन मार्टिनेजले भने, ‘यो लक्ष्य हासिल गर्नको लागि यात्रा चुनौतीपूर्ण भएको छ । यद्यपि हामी हाम्रा सहयोगीहरु र सरोकारवालाहरुको कडा परिश्रम र समपर्णको कारण यहाँ छौँ । हामी हाम्रा दुवै अतिथिहरु र सहयोगीहरुको लागि सुरक्षित वातावरणको आवश्यकता बुझ्दछौँ ।’

सरसफाइका मापदण्डअनुरुप म्यारियटले प्रतिवद्धता पूरा गरेको जनाएको छ ।

काठमाडौँ मेरिरियट महामारीको बेला पनि अतिथिहरुलाई सुरक्षित वातावरणले सेवा प्रदान गर्दै आइरहेको थियो । दुई वर्षमा होटेलले काठमाडौँका खानाका परिकार प्रेमीलाई विभिन्न अफरहरु र फुड उत्सवहरुको साथ नयाँ व्यंजनहरु प्रस्तुत गर्दै आइरहेको छ ।

होटलले पछिल्लो पटक ‘लेबनानी फूड फेस्टिबल’ आयोजना गरेको छ । होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ । यसको बाहिरी सेटिंग र सिग्नेचर ककटेलको साथ ताहिना टेरेस घुमफिर गर्न एक गन्तव्य बनेको छ । थप रुपमा होटलले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न समुदायका लागि थुप्रै कार्यव्रmमहरु जस्तै वाक फर वाम्र्थ, थ्याँक्सगिभिंग डिनरमार्फत कोष जम्मा गर्ने र खाना प्रदान गर्ने जस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

यो माइलस्टोन मनाउनका लागि काठमाडौँ मेरियट होटेलले अप्रिल २०२१ को अन्त्यसम्म १२ हजार ११ रुपैयाँमा विशेष वार्षिकोत्सव समारोह प्याकेजको अफर गरेको छ । यस प्याकेजबारे होटेलको वेवसाइटमा हेर्न सकिने जनाएको छ ।

प्रतिक्रिया