काठमाडौं उपत्यकामा ६३४ सहित थप १२८१ जनामा कोरोना

काठमाडौं । सोमबार नेपालभर कूल १२८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कूल संख्या २८५९०० पुगेको छ भने निको हुनेको संख्या २७५५५५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टायता ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४८ जनामा कोरोना परीक्षण गर्दा १२८१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले पछिल्लो २४ घण्टामा २५५ जना निको भएको पनि जनाएको छ ।

त्यस्तै आइसोलेसनमा रहेका संक्रमितको संख्या ७ हजार २५४ पुगेको छ भने आइसीयूमा ४० जना, भेन्टिलेटरमा २४ जना र संस्थागत आइसोलेसनमा १९० जना रहेका छन् ।

कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ६३४ जनामा संक्रमण भेटिएको छ । काठमाडौंमा ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया