सिभिल बैंकको कामु सीईओमा सुनिलकुमार पोखरेल नियुक्त

काठमाडौं । सिभिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् ।

बैंकका सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि बैंक सञ्चालक समितिको वैशाख ५ गते बसेको बैठकले पोखरेललाई कायम मुकायम सीईओ नियुक्त गरेको हो ।

पोखरेल यसअघि सिभिल बैंककै नायाब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा कार्यरत थिए । २ वर्षअघि डेपुटी सीईओको रुपमा उनी सिभिल बैंकमा प्रवेश गरेका थिए ।

३० वर्ष बैंकिङ क्षेत्रमा काम गरिसकेको अनुभव हासिल गरेका कामु सिइओ पोखरेलले स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर शुरु गरेका थिए । असिस्टेन्टको रुपमा बैंकको जागिरमा प्रवेश गरेका पोखरेलले स्ट्यान्डर्ड चार्टर्डमा मात्रै १९ वर्ष काम गरेका थिए । त्यसपछि एनआइसी एसिया बैंकमा साढे ५ वर्ष, नविल र्बैकमा १ वर्ष, म्यानमारमा रहेको युएबी र एजीडी बैंकमा गरी ३ वर्ष देशबाहिर काम गरेका थिए ।

काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका पोखरेलले हाल उक्त विश्विद्यालयको कुसुम कलेजमा अध्यापन समेत गर्दै आएका छन् ।

यसअघिका सीईओ गोबिन्द गुरुङको राजीनामा वैशाख १८ गतेबाट लागु हुने गरी बैंकले सञ्चालक समितिले स्वीकृत गरेको छ ।

प्रतिक्रिया