चलचित्र निर्देशक सुमित्राको निधन

एजेन्सी । भारतीय चलचित्र निर्देशक सुमित्रा भावेको निधन भएको छ । ७८ वर्षीया भावे लामो समयदेखि बिरामी थिइन् ।

उनको अस्पतालमा निधन भएको जनाइएको छ । मराठी चलचित्र ‘कासव’मार्फत् उनले नेसनल अवार्डसमेत प्राप्त गरेकी थिइन् । चलचित्र क्षेत्रमा उनको र सुनील सुथकरको जोडीलाई रुचाइन्थ्यो ।

सन् १९४३ मा महाराष्ट्रमा जन्मिएकी सुमित्राले लघु चलचित्र ‘बाई’मार्फत् चलचित्र यात्रा सुरु गरेकी थिइन् । यही चलचित्रबाट नै उनले भारतको प्रसिद्ध नेसनल फिल्म अवार्डमा नङ फिचर फिल्मको उपाधी जितेकी थिइन् ।

प्रतिक्रिया