अमेरिकन आइडलमा पुन: देखिँदै दिवेश

एजेन्सी । गायक दिवेश पोखरेल (अर्थर गन) पुनः अमेरिकन आइडलमा भाग लिने भएका छन् ।  अप्रिल १९ मा प्रसारण हुने आइडलमा उनले स्टेजबाट प्रतिस्पर्धा गर्ने भएका हुन् ।

कोरोनाका कारण यसअघि दिवेशलगायत अन्य प्रतिस्पर्धीले घरबाट नै आफ्नो प्रस्तुति दिँदै आएका थिए । दिवेश १८ औँ सिजनको प्रतियोगितामा उप-विजेता बनेका थिए ।

यसपटक विजेता बन्ने तयारीका साथ उनी अमेरिकन आइडलको अर्को सिजनमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

प्रतिक्रिया