कांग्रेस केन्द्रीय समिति बैठक आज, यी हुन् एजेण्डा
२०७८ वैशाख ६ गते

|फाइल फोटो|
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । १४ औं महाधिवेशनमा केन्द्रित हुने बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजे बस्न लागेको हो ।
यसअघि चैत २७ गतेका लागि डाकिएको बैठक तीन पटक स्थगित भइसकेको छ । यसअघि आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आजका लागि सारिएको थियो ।
बैठकमा विशेषतः आगामी महाधिवेशन र प्रदेश सरकार ढाल्ने विषयमा छलफल हुने बुझिएको छ । पार्टी संस्थापन पक्षले कार्यतालिका हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिकाअनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।
२०७८ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित








