परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा परीक्षण गरिएकोमध्ये झण्डै १९ प्रतिशतमा कोभिड-१९ भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये १८.९५ प्रतिशतमा कोभिड संक्रमण पुष्टि भएको हो ।

कूल ५ हजार ७ सय ८३ जनाको परीक्षण गरेकोमध्ये १०९६ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै, कूल संक्रमितमध्ये १.९३ प्रतिशत बालबालिकालाई संक्रमण देखिएको छ । त्यसमध्ये पनि ९ वर्षसम्मका ०.३६ प्रतिशत छन् भने १०-१९ वर्षसम्मका १.५७ प्रतिशत बालकालिका छन् ।

कोरोनाको नयाँ प्रकारले बालबालिकालाई बढी असर गरिरहेको स्वास्थ्यविद्हरू बताउँदै आएका छन् ।

दिन प्रतिदिन संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाउन स्वास्थ्य मापदण्ड पालना गर्न सकेसम्म घरबाहिर नजान विज्ञहरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया