चिरायु नेसनल हस्पिटलले ल्यायो पक्षघात र मृगौला बिरामीका लागि विशेष सेवा

काठमाडौँ । चिरायु नेसनल हस्पिटलले न्यूरोसम्बन्धी बिरामीका लागि विशेष सेवा सुरु गरेको छ ।

न्युरो संवेदनशील सेवा भएपनि बिरामीले समयमा सेवा नपाएर ज्यान जाने अवस्था रहेकाले ‘न्यूरो साइन्स विभाग’ले पक्षघातका बिरामीलाई विशेषज्ञ सेवा दिने हस्पिटलका सञ्चालन निर्देशक चन्द्रेश्वर वैद्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

विभागबाट यस्तो सेवा दिने आफूहरू नै पहिलो ‘हाइपर एक्यूट स्ट्रोक यूनिट’ भएको विभागका इन्चार्ज डा. लेखजंग थापाको दाबी छ ।

सेवा दिन थालेको आठौँ वर्षको अवसरमा हस्पिटलले ‘हेमोडायलासिस सेन्टर’ पनि सुरु गरेको छ । १२ जना क्षमताको सेन्टरले आईसीयू डायलासिस, आकस्मिक आईसीयू डायलासिस र मृगौला प्रत्यारोपन परामर्श गर्ने छ । ‘हेमोडायलासिस सेन्टर’को इन्चार्जमा डा. उपेन्द्र जोशी रहेका छन् ।

प्रतिक्रिया