३५ अंकले घटेको सेयर बजारमा झण्डै ९ अर्बको कारोबार !

काठमाडौं। आइतबार साताको पहिलो कारोबार दिन सेयर बजारमा ३५ अंकले घटेको छ । बजार परिसूचक २६९८ विन्दुमा झरेको छ । परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । यस दिन २०७ कम्पनीको १ करोड ९५ लाख कित्ता सेयर ८ अर्ब ८० करोड रुपैयाँमा किनबेच भएका छन्।

घटेको बजारमामा पनि महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, नेपाल हाइड्रो डेभलपर र दिब्यश्वरी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

गुडविल फाइनान्स, कर्णाली डेभलोपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको सेयर मूल्य ५ प्रतिशतसम्मले बढेका छन् ।

म्याचुअल फण्ड बाहेकका सबै समूहगत सूचक घटेका छन् । निर्जीवन बीमा समूह सर्वाधिक १८३ अंकले घटेको छ। व्यापार समूह १२५ अंक, जीवन बीमा समूह १११ अंक र होटल तथा टुरिजम समूह ९२ अंकले घटेको छ ।

यस दिन एभरेष्ट बैंकको सर्वाधिक ८८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । एनआइसी एसिया लघुवित्तको ५५ करोड, निफ्राको २८ करोड, अरुण काबेली पावरको करिब २७ करोड र एनआइसी एसिया बैंकको २६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया