ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका- ४ नेमुवा चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

आइतबार बिहान ना ६ ख ३०४० नम्बरको ट्रकले को ९ प २६८१ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर- १४ जतुवाका ४५ वर्षीय अन्जनी सिंहको ज्यान गएको ईलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका सिंहको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा ज्यान गएको ट्राफिक प्रहरी सहायक निरीक्षक तुलामणी आचार्यले जानकारी दिए ।

ट्रक चालक बाराका ३२ वर्षीय भिमबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया