शुभ जन्मदिन दिया

काठमाडौं । फ्रेन्चाइज सो ‘हिमालयन रोडिज’ की जज तथा नेपाली सिने जगत्की चर्चित नायिका दिया मास्केको आज (आइतबार) जन्मदिन परेको छ । रङ्गमञ्चबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी दियाले निर्देशक भुषण दाहालको ‘कागबेनी’ चलचित्रबाट सिने जगतमा प्रवेश गरेकी थिइन् ।

त्यसपछि दियाले एकदिन एकरात, टाटा बाईबाई, साँघुरो, सुनगाभा, फिटकिरी, होस्टल रिटर्नमा अभिनय गरी सकेकी छिन् ।

पछिल्लो समय दियाकै श्रीमान् तथा निर्देशक अनुप बरालको चलचित्र ‘दोख’ प्रदर्शनको तयारीमा रहेको छ ।

चलचित्रको मुख्य भूमिकामा दिया नै देखिनेछिन् । दियाले अप्रिल १८ मा परेको जन्मदिन काठमाडौंस्थित आफ्नो घरमा भने मनाउन पाइनन् । उनी अहिले चलचित्र ‘प्रकाश’को छायांकनको क्रममा जुम्ला पुगेकी छन् ।

१५ दिन अगाडि नै जुम्ला पुगेकी दियाले आफ्नो जन्मदिनको केही विशेष योजना नरहेको बताइन् । दियालाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया