फर्ममा आगलागी हुँदा ४० बाख्रा मरे

झापा । झापामा बाख्रा फर्ममा आगलागी हुँदा ४० वटा बाख्रा जलेर मरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका-४ देविबस्तीमा रहेको ज्योति बिमलीको बाख्रा फर्ममा आगोलागी भएको हो ।

गएराती १२ बजे लागेको आगोले बिमलीको बाख्रा फर्म, फर्ममा रहेका ४० वटा बाख्रा, बाख्रालाई खुवाउने दाना जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आगलागीबाट करिब ६५ लाख बराबरको क्षेती भएको अनुमान गरिएको छ ।

आगलागी दमकल, प्रहरी र स्थानियको सहयोगमा बिहान मात्रै पूर्ण रुपमा नियन्त्रणमा आएको हो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया