‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन-२ घोषित

झापा । प्रायुस पौड्याल र स्मारिका सुनुवारले यस वर्षको ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन-२ को ताज हात पारेका छन् । स्काई क्रिएटर इन्टरनेशनल प्रालिको आयोजनामा भएको प्रतियोगितामा पौड्याल र सुनुवारले मिस्टर एण्ड मिस प्रोभिन्स वान’को ताज हात पारेका हुन् ।

फाइनल प्रातियोगितामा आफ्ना नौ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनीहरु मिस्टर एण्ड मिस प्रोभिन्स वान’ घोषित भएका थिए । यो संगै उनीहरुले ट्रफी, मेडल , प्रमाणपत्र र नगद ५०-५० हजार रुपैयाँ हात पारेका छन् ।

त्यस्तै प्रतियोगितामा फष्ट रनरअप अभिशेक राजवंशी र सेकेण्ड रनरअप प्रकृति अर्याल घोषित भए भने प्रतिमा खतिवडा अर्गनाइजर च्वाइज घोषित भइन् । प्रातियोगिताका विजयीले काठमाडौंस्थित इम्पेरियल विजनेश कलेजमा वीवीए र वीएचएम अध्ययनका लागि छात्रवृत्ति समेत पाउने छन् ।

प्रालिले गतवर्षदेखि प्रातियोगिताको आयोजना गर्दै आएको प्रालिका कार्यकारी अधिकृत सन्दीप राजवंशीले जानकारी दिए । १५ देखि २२ वर्ष उमेर समूहका प्रदेश १ भरिका १९ जना प्रतिष्पर्धीले प्रातियोगितामा भाग लिएको राजबंशीले बताए । जसमध्ये फाइनल राउण्डमा ९ प्रातिष्पर्धी पुग्न सफल भएका थिए ।

प्रतिक्रिया