वेदभन्दा अघि मुन्धुम लेखिएको हो : सौरभ

काठमाडाैं । लेखक, चिन्तक तथा विश्लेषक सौरभले वेदभन्दा अघि मुन्धुम लेखिएको दाबी गरेका छन् । आफ्नो पुस्तक असहमति ३ को लोकार्पणको भिडियोमा उनले भने “तैत्तिरीय संहिता भनेको मुन्धुम नै हो, आफूलाई नेपालीहरूले आफैँ चिन्नु पर्‍यो !”

इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, सभ्यता, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफको रूपमा असहमति-३ आएको दाबी पनि उनकाे छ ।

बुक-हिल पब्लिकेसनले बजारमा ल्याएको पुस्तकको लोकार्पण भिडियोमा उनले अमेरिकी सहयोगको परियोजना एमसिसीले नेपाललाई कालान्तरमा सिध्याउने दाबी पनि गरेका छन् । लोकार्पण भिडियोमा उनले भनेका छन्, “बिआरआई, बिमेस्टेक, एमसिसीजस्ता पश्चिमाहरूका लगानीले साना मुलुकमाथि निरंकुशता बढ्छ र एकदिन त्यसले राष्ट्रको अस्मितामाथि प्रश्नचिह्न खडा गर्छ । हामीलाई सिध्याउन अहिले सबै लागिपरेका छन्, यदि यस्तै अवस्था रहे हामी बर्मा, ग्रीस, अलबानिया वा दक्षिण  कोरियाजस्तो हुन सक्छौँ । यी कुरालाई आधारभूतरूपमा कम्युनिस्टहरूले संस्थागत गर्न खोजिरहेका छन् ।” पुस्तकमा आफूले मार्क्स र क्राइस्टबाट मुक्ति शीर्षकमा दुईवटा लेख लेखेको उनले जानकारी दिएका छन् ।

देशभर उपलब्ध भएको पुस्तकमा ६ वटा खण्ड र ३३ वटा विचारोत्तेजक लेखहरू रहेको बुक हिलका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिए । ३ सय पृष्ठको पुस्तकको बजार मूल्य मोटो गाता ७ सय र पातलो गाताको ५ सय रुपैयाँ छ ।

VIDEO LINK:

प्रतिक्रिया