कांग्रेस बैठकः महाधिवेशनदेखि सरकार ढाल्नेसम्मका एजेन्डा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । १४ औं महाधिवेशनमा केन्द्रित हुने बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्न लागेको हो ।

यसअघि चैत २७ गतेका लागि डाकिएको बैठक दुई पटक स्थगित भइसकेको छ । २७ गते सभापति शेरबहादुर देउवा निवासमा सरकारको नेतृत्व लिनेबारे तीन दलको बैठक डाकेकाले केन्द्रीय समिति रोकिएको थियो । स्थगित बैठक ३० गतेका लागि तोकिएपनि उक्त दिन वरिष्ठ नेता रामचन्द्र पौडेललाई भ्रातृ शोक परेकाले बैठक स्थगित भएको हो ।

बैठकमा विशेषतः आगामी महाधिवेशन र प्रदेश सरकार ढाल्ने विषयमा छलफल हुनेछ । यद्यपि केही जिल्लाको क्रियाशिल सदस्य विवाद अझै टुंग्याएको छैन । समायोजन विवाद कायमै छ ।

यसैगरी केन्द्रीय समितिमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सरकार ढाल्ने विषयमा पनि छलफल हुनेछ । यसअघि कांग्रेसले कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन सहयोग गरेको थियो ।

प्रतिक्रिया