‘हामीले केपी गुटको षड्यन्त्रलाई पराजित गर्‍यौँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले केपी शर्मा ओली गुटको षड्यन्त्रलाई पराजित गरेको बताएका छन् । शनिवार शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘हामी केपी ओलीको षड्यन्त्रबाट हारेका होइनौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले गुटको षड्यन्त्रलाई पराजित गरेका हौँ ।’

प्रधानमन्त्री ओलीले पहिल्यै राजीनामा दिनुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले ओलीसँग नैतिकता नभएको टिप्पणी गरे । उनले भने, ‘थोरै भएपनि नैतिकता भएको भए पहिल्यै राजीनामा दिनुपर्ने थियो । नैतिकता भएको भए एकछिन पनि प्रधानमन्त्रीको रुपमा बसिरहन मिल्दैनथ्यो ।’

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधान मिच्ने काम गरेको अध्यक्ष प्रचण्डले दोहोर्याए । ‘हामीले केपी ओलीको गलत कामविरुद्ध विजय प्राप्त गर्यौँ । उनी खाली सेटिङमा चल्ने गर्छन् । तैपनि हामी विजयी भयौँ ।’

प्रतिक्रिया