बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु, ३९ घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नजिकै बस र टिप्पर एकापसमा ठोकिँदा ५ जनाको मृत्यु भएको छ भने ३९ जना भएका छन् ।

सुर्खेतबाट धरानतर्फ आउँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ जाँदै गरेको अनटेस्ट मालबाहक टिपर शुक्रबार साँझ ६ बजेतिर रोहिणी खोला नजिक एकापसमा ठोकिँदा चार पुरुषसहित एक महिलाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार दुर्घटनामा परी टिपरका चालकसहित दुई र बसमा सवार तीन गरी पाँच जनाको मृत्यु भएको हो । घटनाको प्रकृति र प्रारम्भिक अनुुसन्धानमा दुबै साधन तीब्र गतिमा रहेका कारण दुर्घटनामा भएको हुनसक्ने डिएसपी खनालले बताए ।

घाइतेलाई कोहलपुरस्थित शिक्षण अस्पतालमा पु-याइएको छ । घाइतेमध्ये सातको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते भएका व्यक्तिको उद्धारका लागि दुई क्रेन र तीन स्काभेटर प्रयोग गर्नुपरेको थियो । पूर्णरुपमा क्षतिग्रस्त बस र टिप्परभित्र रहेका घाइतेको उद्धारकालागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रतिक्रिया