ओपोकाे ए ५४ नेपाली बजारमा सार्वजनिक

काठमाडौं । स्मार्ट मोबाइल फोन कम्पनी ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए ५४ सार्वजनिक गरेको छ । आफ्ना आवश्यकता पूरा गरी दैनिकी सहज बनाउन उच्च गुणस्तर र सुन्दर डिजाइनको फोन चलाउने नयाँ पुस्ताको चाहनालाई ध्यानमा राखी कम्पनीले ओपो ए ५४ फोन बजारमा ल्याएको जनाएको छ ।

यो फोनमा ठूलो र फास्ट चार्जिङ हुने ब्याट्री रहेकोले कुनै चिन्ता बिना फोन प्रयोग गर्ने सकिने कम्पनीले जनाएको छ । यसमा ओक्टा(कोर प्रोशेसरले, ६.५१(ईञ्च पञ्च(होल डिस्प्ले, ४ जिबी र्याम, १२८जीबी रोम, ५००० एमएएच क्षमताको ब्याट्री र १८ वाट फास्ट चार्ज जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।

‘ए सिरिजको डिजाइन, प्रयोगकर्ताले प्रविधिलाई अझ रमाईलो रुपमा स्विकार्न सकुन् भन्ने सोचका साथ गरिएको हो,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

यसमा एक पटक व्याट्री फूल चार्ज गरेपछि २.२ दिनसम्म वा १९.९ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिने कम्पनीले जनाएको छ । त्यस्तै, २३ घण्टा ह्वाट्सएपको प्रयोग गर्न सकिन्छ । कम्पनीका अनुसार चार्जिङका दौरान प्रयोगकर्ताको सुरक्षार्थ ब्याट्री ओभरचार्ज वा ओभर(डिस्चार्ज प्रोटेक्सन्स, शर्ट सर्किट वा ओभरकरेन्ट प्रोटेक्शन लगायत चार्जिङ प्रोटेक्शन डिजाइन पनि दिइएको छ ।

हरेक अवस्थामा स्पष्ट हेर्न सकिने स्क्रिनका लागि सनलाइट स्क्रिन एण्ड मुनलाइट स्क्रिनको पनि ब्यवस्था गरिएको छ । यसको वजन १९२ ग्राम र मोटाई जम्मा ८.४एमएम छ ।

रियर क्यामेराले १३ एमपी मेन क्यामेरा, नजिकका शट्सका लागि २ एमपी माक्रो क्यामेरा र उत्कृष्ट बोके शट्सका लागि २ एमपी बोके क्यामेरा रहेका छन् । १६ एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ । फोनको रियर क्यामेराले ९० एफपीएसमा ७२० पीको स्लो(मो भिडियो खिच्ने सुविधा प्रदान गर्छ । साथै, अरिजिनल, जेन्टल, नून, सब्टल लगायत १० भिडियो फिल्टर्स पनि उपलब्ध छ ।

यो फोनको मूल्य मूल्य रु. २५ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

 

 

प्रतिक्रिया