प्रदेश १ : एकैदिन थपिए ३३ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा एकैदिन ३३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित अधिकांश मोरङका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी र उदयपुरमा २–२ जना संक्रमित थपिएका हुन् । मोरङको विराटनगर महानगरपालिकामा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १-१, झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २–२, दमकमा १ जना छन् ।

त्यस्तै भोजपुरको अरुणमा २ र भोजपुर नगरपालिकामा १, सुनसरीको इटहरी र हरिनगरमा १–१, उदयपुरको उदयपुरगढी र कटारीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ५६५ पुगेको छ । संक्रमित भएकामध्ये २९ हजार ८७८ संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमित २ सय १५ पुगेका छन् ।

हालसम्म २ लाख ३४ हजार ४५५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया