सातामा ६ सयले सुनको मूल्य वृद्धि

काठमाडौं । एक सातामा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो शुक्रबार २६ चैतमा प्रतितोला ८९ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य त्यसयता घट्दै महिनाको अन्तिम दिन चैत ३१ गते ८९ हजार ५ सय रुपैयाँमा आइपुगेको थियो ।

वैशाख २ गते बिहीबार ८९ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार भने ७ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सातामा तोलामा ४० रुपैयाँले चाँदीको भाउ बढेको छ । अघिल्लो साताको शुक्रबार १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी ३१ चैतमा सोही मूल्यमा फर्किएको थियो । तर, वैशाखको २ गते बिहीकार १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया