बागमती प्रदेश : संसदीय दलको बोर्ड गठन गर्ने एमालेको निर्णय
२०७८ वैशाख ३ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । शुक्रवार (आज) बसेको संसदीय दलको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
बोर्डमा संसदीय दल दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख सचेतक केशवराज पाण्डे, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरूणप्रसाद नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजङ्ग थापा र सरस्वती बाटी रहने भएका छन् ।
संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री पौडेलले तीन सदस्य मनोनयन गर्नेछन् । बोर्डमा दलका उपनेता र सचेतक पदेन सदस्य रहने व्यवस्था छ ।
२०७८ वैशाख ३ गते
प्रतिक्रिया
सम्बन्धित









