जबरजस्ती करणीको आरोपमा एकजना प्रकाउ

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकबाट एक जनालाई प्रकाउ गरेको छ ।

प्रहरीले ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महाभारत गाउँपालिका-५ बस्ने २५ वर्षीय आर्जन थिङलाई पक्राउ गरेको बताएको छ ।

प्रहरीका अनुसार थिङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फोक्सीङटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया