कोरोना संक्रमण देखिए ७ दिन विद्यालय बन्द गर्न आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले संक्रमण देखिएको विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकको संख्या बढ्न थालेपछि महानगरपालिका प्रमुख स्तरको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीदवा जारी सूचनामा एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन भनिएको छ । संक्रमण नदेखिएका विद्यालयहरु भने स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र भौतिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।

हेर्नुहोस् सूचना :-

प्रतिक्रिया