विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड नगर : नेविसंघ
२०७८ वैशाख ३ गते

काठमाडौँ । नेपाली काँग्रेसमा भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थीमा कोभिड-१९ संक्रमण फैलन नदिन सरकारसँग माग गरेको छ । विद्यालय उमेरका बालबालिकामा संक्रमण देखिएको भन्दै नेविसंघले संक्रमण थप फैलन नदिन सरकारको ध्यानाकर्षण गराएको हो ।
अध्यक्ष राजिब ढुंगानाले विज्ञप्ति निकालेर बालबालिकाको स्वास्थ्य सुरक्षामा हेलचक्राइँ नगर्न आग्रह गरेका छन् । ‘विद्यार्थीहरूमा कोरोना संक्रमण फैलन नदिन विशेष पूर्वतयारी गर्न माग गर्दछौं,’ उनले भनेका छन्, ‘सबैखाले स्वास्थ्य सुरक्षा अपनाउनका निम्ति सबै शैक्षिक संस्थाहरूलाई आग्रह गर्दछौं ।’
जनताको जीउधन रक्षा सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै उनले विद्यार्थीको स्वास्थ्यमा खेलवाड गर्ने काम सह्य नहुने चेतावनी दिए ।
-हेर्नुहोस् विज्ञप्ति :-
२०७८ वैशाख ३ गते
प्रतिक्रिया
सम्बन्धित








