पञ्जावका कप्तानले फाइलन खेल्न नपाउने

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपमा झगडा गरेपछि दुई खेलाडीले रेड कार्ड पाएका छन् । खेल सकिएपछि संकटा र पञ्जावका खेलाडीबिच झगडा हुँदा दुई जना खेलाडीले रेड कार्ड पाएका हुन् ।

पञ्जावका कप्तान जगदीप सिंह र संकटाका सहिद स्माटले रेड काड पाए । रेफ्री श्याम दनुवारले खेल सकिएको घोषण गरेसँगै संकटा र पञ्जावका खेलाडीबिच झगडा भएको थियो ।

झगडा गर्ने मध्येका दुई जना खेलाडीलाई रफ्री दनुवारले रेड कार्ड दिएका थिए । पञ्जावका कप्तान जगदीपले फाइलनमा खेल्न नपाउने भएका छन् ।

प्रतिक्रिया