संकटालाई हराउँदै पञ्जाव पुलिस फाइनलमा

विराटनगर । आहा रारा गोल्डकपको च्याम्पियन संकटा क्लबलाई हराउँदै भारतको पञ्जाव पुलिस क्बल विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद मैदानमा बिहीबार राति भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता समेत रहेको संकटालाई १-० गोलले निराश बनाउँदै पञ्जाव फाइनलमा पुगेको हो । जीतसँगै पञ्जावले छैठौं संस्करणको विराट गोल्डकपको उपाधिको लागि शनिबार बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ)सँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

पहिलो पटक गोल्डकपमा भाग लिएको पाहुना टोली पञ्जावले खेलको ७५ औं मिनेटमा परमजीत सिंहले निर्णायक गोल गर्दै टिमलाई फाइनलमा पु-याएको हो । हरजीन्द्र सिंहले निकालेको क्रस पासलाई परमजीतले गरेको प्रहार गोलमा परिणत भयो । २०७० को विराट गोल्कडपको बिजेता संकटाले यसपटक पनि उपाधि दाबेदारी पेश गर्ने टोलीमध्ये एक थियो । तर पञ्जाव संकटाको सपनाको बाधक बन्यो ।

यसअघि संकटाले आहा रारा गोल्डकपमा क्यामरुनलाई सेमिफाइनलमा ४-२ गोलले हराउँदै उपाधि जितेको थियो । यो सँगै संकटाको दोस्रो पटक विराट गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो । खेलको म्यान अफ द म्याच पञ्जावको निर्णायक गोल गर्ने परमजित सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया