टेलिसिरियल ‘देवता’ पच्चीस वर्षपछि युट्युबमा

काठमाडौँ । टेलिसिरियल ‘देउता’ युट्युबमा सार्वजनिक भएको छ । आजभन्दा २५ वर्ष अगाडि स्व.प्रकाश कोविदको उपन्यासमा आधारित भएर निर्माण गरिएको यस सिरियल ‘किम्भे प्रोडक्सन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

पुरानो पीढीसँगै नयाँ पीढीलाई पनि विगतको समय र कालखण्डबारे जानकार गराउने लक्ष्यका साथ सिरियल प्रदर्शन थालिएको हो । प्रताप सुब्बाद्वारा निर्देशित सिरियललाई भारतको सिक्किममा छायांकन गरिएको थियो ।

सिरियलमा रजनी राना, विज्ञान जोशी, दिनेश सिंह महरा, दीगविजय केसी, माला महत, मेनुका प्रधान, सीबी सुब्बा, रवि शर्मा, श्याम भट्टराई, ललित सुब्बा, विशाल चाम्लिङ, रोशन सुब्बा, हंग्मा सुब्बा, दवाकिपा भुटिया र देउकी भुटियाको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया