गण्डकी प्रदेश : सभाको विशेष अधिवेशन बोलाउन ४ दलको पत्र

काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाउने तयारी गरेका छन् । यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू अल्पमतमा परेपछि संसद् अधिवेशन अन्त्य गरेका थिए ।

चार दलीय मोर्चाले आजै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । अविश्वासको प्रस्तावलाई सदनमा लैजान विशेष अधिवेशनको माग गर्ने तयारी ४ दलीय मोर्चाले गरेको हो ।

प्रतिक्रिया